The Best Way To Send Money

सोधपुछ

यदि तपाइँ धेरै शब्दहरू खोज्दै हुनुहुन्छ भने, शब्दहरूलाई स्पेसको साथ छुट्यााउनुहोस्।
कृपया मलाई Smartphone ATM (Seven Bank) प्रयोग गरेर पैसा कसरी जम्मा गर्ने भनेर बताउनुहोस।

सेभेन बैंक एटीएम (स्मार्टफोन एटीएम निक्षेप) प्रयोग गरेर जम्मा गर्नुहोस्

चरण १. सेभेन बैंक एटीएमको होम स्क्रिनको बायाँ छेउमा रहेको "निकासी, निक्षेप, क्रेडिट लेनदेन, आदि" चयन गर्नुहोस्।

चरण २. "स्मार्टफोन" चयन गर्नुहोस्।

चरण ३. PayForex एपमा "QR कोड स्क्यान गरेर जम्मा गर्नुहोस्" चयन गर्नुहोस् र क्यामेरा सुरु गर्नुहोस्।

चरण ४. ATM स्क्रिनमा रहेको QR कोड पढ्न क्यामेरा प्रयोग गर्नुहोस्।

चरण ५. ATM स्क्रिनमा एपमा देखाइएको "कम्पनी नम्बर" प्रविष्ट गर्नुहोस् र "पुष्टि गर्नुहोस्" चयन गर्नुहोस्।

चरण ६. "पुष्टि गर्नुहोस्" चयन गर्नुहोस्।

चरण ७. एटीएम स्क्रिनमा एपमा देखाइएको "प्रमाणीकरण नम्बर" प्रविष्ट गर्नुहोस् र "पुष्टि गर्नुहोस्" चयन गर्नुहोस्।

चरण ८: रकम जम्मा स्लट खुल्नेछ। रकम जाँच गर्नुहोस् र रकम हाल्नुहोस्।
(सिक्का प्रयोग गर्न सकिँदैन। तपाई एक पटकमा ५० वटासम्म नोटहरु जम्मा गर्नसक्नुहुन्छ।)

चरण ९. लेनदेन पूरा हुने स्क्रिन देखा पर्दा, 「必要」(आवश्यक) चयन गर्नुहोस् र आफ्नो स्टेटमेन्ट प्राप्त गर्नुहोस्।
(※कृपया एपमा आफ्नो लेनदेन इतिहास पनि जाँच गर्नुहोस्।)


के यो जानकारी उपयोगी थियो?

यदि होइन भने, कृपया सम्बन्धित प्रश्नहरू हेर्नुहोस्।

सम्बन्धित प्रश्नहरू